रुसमा आफ्ना सेवा बन्द गर्न ५० भन्दा बढी गेमिङ तथा क्लाउडलगायतका प्रविधि संस्थालाई यूक्रेनको आग्रह

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
रुसमा आफ्ना सेवा बन्द गर्न ५० भन्दा बढी गेमिङ तथा क्लाउडलगायतका प्रविधि संस्थालाई  यूक्रेनको आग्रह

काठमाडौं ।

यूक्रेनले प्रविधि संस्थाहरु मार्फत् रुसमाथि जवाफी कारबाहीमा उत्रने भएको छ।

यूक्रेन सरकारका एक प्राविधिक अधिकारीले रोयटर्सलाई बताए अनुसार हालै गेमिङ. इस्पोर्टिङ तथा इन्टरनेट पूर्वाधारलगायतका प्रविधि कम्पनीलाई रुसमाथि जाइलाग्न आग्रह गरिएको छ।

यूक्रेनको यो आह्वानमा ओर्याकल कर्पले बुधबार ३ घण्टाभित्रै जवाफ दिएको रोयटर्सले उल्लेख गरेको छ।

यूक्रेनका डिजिटल रुपान्तरण मन्तरीले ट्विटरमा यस प्रकारको सहयोग मागेपछि ओर्याकल सहयोगका लागि तत्काल तयार भएको हो।

ओर्याकलले यूक्रेनी मन्त्रीको आग्रह अनुरुप रुसमा आफ्ना सेवाहरु रोक्ने भएको हो।

डिजिटल मन्त्रालयका सहायक मन्त्री अलेक्जेन्डर बोर्न्याकोभले भिडियो अन्तरवार्ताका क्रममा आफ्नो फोनमा ओर्याकलको पोस्ट देखाउँदै कम्पनीले रुसी संघमा आफ्ना सबै सेवाहरु बन्द गरिसकेको प्रस्ट पारेका थिए।

ईए गेम्सले पनि फिफा तथा एनएचएल २२ बाट रुसी टिम र क्लबलाई हटाउने निर्णय गरिसकेको छ।

‘जति धेरै प्रतिबन्ध लगायो त्यति छिटो शान्ति बहाल हुन्छ’, बोर्न्याकोभले आफ्नो मन्त्रालयको अभियानमा यूक्रेनी झण्डअघि हूडी लगाएर बस्दै भने।

उनले दिनको २ पटकजस्तो हवाई हमलाको साइरन बजेको र आफूहरु बंकरमा लुकेको पनि उल्लेख गरे।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार