
काठमाडौं ।
मोबाइल पसल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित सुरज ईलोक्ट्रोनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिकाका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिकाका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।
उनिहरुले पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले उल्लेख गरेको छ।
सो चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित बिजि मल अगाडिबाट चोरीका सामान सहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ।
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार