फोर्स गुर्खा टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
फोर्स गुर्खा टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

काठमाडौं ।

केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा ४x४x४(4x4x4) को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा आफ्नै सोरुमबाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन २६ जना सहभागी भएका थिए ।

इच्छुक ग्राहकले यहि फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्राईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने छन् । पोखरामा रहेको टेष्ट ड्राईभ क्याम्पियन पश्चात नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...