काठमाडौं ।
यूक्रेनमा स्थानीय इन्जिनीयरले स्पेसएक्सको स्टारलिंक सेवाको परीक्षण गरेका छन्।
गत सोमबार यूक्रेनको राजधानी किभमा आफ्नो घ। वरपर सुरक्षित रहन भन्दै गरिएको सचेतना जानकारी चलिरहँदा ओलेग कुटकोभले स्पेसएक्स स्टारलिंक डिस एन्टेना झ्यालबाट बाहिर झुण्ड्याएर आकाशतर्फ सोझ्याइरहेका थिए।
उनले त्यसो गरेको १० सेकेन्डमै उनी आश्चर्यचकित हुने गरी स्पेसएक्सको कुनै स्याटेलाइटबाट सिग्नल प्राप्त भयो। यसको मतलब उनको घरमा स्टारलिंकको ब्रोडब्याण्ड इन्टरनेट चल्नु हो।
‘इमान्दारीपूर्वक भन्नुपर्दा मैले यसले काम गर्छ भनेर विश्वास गरेको थिइनँ’, कुटकोभले द भर्जलाई भने, ‘मैले मेरो डिशमा वा सिग्नलको अवरोधका केही समस्या आउने सोचेको थिएँ। तर यो कनेक्ट भयो, मैले राम्रो स्पीडसहितको कनेक्टिभिटी पाएँ।’
कुटकोभले केही महिनाअघि पाएको स्टारलिंक डिश प्रयोग गर्न पाइरहेका थिएनन्। उनले २ देखि ३ हजार डलर पर्ने उक्त डिश ईबेबाट किनेका थिए। त्यतिबेला यूक्रेनमा स्टारलिंकको सेवा नभएकाले उनले उक्त डिभाइस रिभर्स इन्जिनियरिङका लागि खरिद गरेका थिए।
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार