मिडियाटेकले जिलटेकको १८.५ प्रतिशत शेयर लिने

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार

काठमाडौं ।

चिनियाँ चिप निर्माता कम्पनी मिडियाटेकले जिलटेकको १८.५ प्रतिशत शेयर लिने भएको छ।

कम्पनीले जिलटेक टेक्नोलोजीले नयाँ जारी गरेको शेयरमध्ये न्यू ताइवान डलर ३ अर्ब बराबरको शेयर आफ्नो मातहतको कम्पनी सु-टा इन्भेस्टमेन्ट तथा मिडियाटेक क्यापिटलमार्फत् किन्ने बताउको डिजिटाइम्समा उल्लेख छ।

विशेषगरी एमईएमएस माइक्रोफोनमा विशिष्टकरण गरिरहेको जिलटेकको किनिएको शेयरले मिडियाटेकलाई अप्रत्यक्ष रुपमा १८.५१ प्रतिशत हिस्सा प्राप्त हुने ताइवान स्टक एक्सचेन्जको दस्तावेजमा उल्लेख छ।

मिडियाटेकले आफ्ना मातहतका कम्पनी जिलटेकको रणनैतिक लगानीकर्ता भएपछि अडियोसम्बन्धी आफ्नो बजार विस्तार गर्न आफूलाई सजिलो हुने बताएको छ।

ताइवानको स्टक एक्सचेन्जमा बुझाइएको एउटा छुट्टै दस्तावेजमा मिडियाटेकले आफ्ना बोर्ड अफ डाइरेक्टरहरुले थप २.१ अर्ब तथा ९० करोड ताइवान डलर लगानी गर्न इजाजत दिएको उल्लेख गरेको छ।

जिलटेकको आम्दानी सन् २०२१ मा ४४ प्रतिशत बढेको र मानव-कम्प्युटर अन्तरक्रिया इनेबल भएक डिभाइसहरुको माग अत्यधिक बढेकाले आउँदो वर्ष पनि यो आँकडा अझै बढ्ने अपेक्षा गरिएको छ।

यस्तै मिडियाटेकले पनि सन् २०२२ मा चिप, स्मार्ट एज चिप सोलुशन तथा पावर म्यानेजमेन्ट आईसीलगायतका डिभाइसका माध्यमबाट २० प्रतिशत आम्दानी बढाउने अपेक्षा गरेको डिजिटाइम्सले लेखेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया