रुसमा आफ्ना सेवा बिक्री रोक्ने र सीमित बनाउने एप्पलको योजना

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
रुसमा आफ्ना सेवा बिक्री रोक्ने र सीमित बनाउने एप्पलको योजना

काठमाडौं ।

एप्पलले रुसमा आफ्ना सेवाहरु सीमित बनाउने तथा बिक्री पनि घटाउने भएको छ।

यूक्रेनमाथि हमला गरेपछि रुसलाई विश्वका थुप्रै देश तथा संस्थाले अलग्याउँदै जाने क्रमको सूचीमा अब एप्पल पनि परेको हो।

आफूहरु रुसको अतिक्रमणप्रति निकै चिन्तित भएको बताउँदै उक्त हिंसात्मक घटनाबाट पीडितहरुको पक्षमा रहेको बताएको छ।

एप्पल पे तथा एप्पल म्याप्सलगायत अन्य सेवाहरु पनि सीमित गरिएको छ।

रुसी भाषामा रहेको मोबाइल बैंकिङ एप तथा रुसको भीटीबी बैंकको एप आईओएस अपरेटिङ सिस्टमबाट केही समयमा नचल्ने समाचार संस्था आरआईएले जनाएको छ।

एप्पलले एउटा विज्ञप्तिमा यूक्रेनको एप्पल म्यापमा यूक्रेनीहरुको सुरक्षा तथा सतर्कताका हिसाबले ट्राफिक र लाइभ इन्सिडेन्ट दुवै हटाएको पनि उल्लेख गरेको छ।

अघिल्लो हप्ता यूक्रेनका उप प्रधानमन्तरी मिखाइलो फेदोरोभले ट्विटरमा एप्पललाई खुलापत्र लेख्दै रुसमा आफ्ना सेवा, उत्पादन तथा एप स्टोर कटाैति गरिदिन आग्रह गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार