
काठमाडौं ।
चिनियाँ कम्पनी लेनोभोले स्न्यापड्रागन चिपसेटयुक्त पहिलो थिंक प्याड ल्याउने भएको छ।
एआरएममा आधारित विन्डोज आधारित स्न्यापड्रागन ल्यापटपहरु एप्पलको एम१ म्याकबुक झैं लोकप्रिय र सफल हुन सकेका थिएनन्।
लेनोभोले भने यही स्थितिलाई परिवर्तन गरेर कमसेकम आफ्ना संस्थागत उपभोक्तालाई नयाँ थिकप्याड एक्स१३ उपलब्ध गराउन लागेको हो।
थिंकप्याड एक्स१३एसको मुख्य विशेषता भनेको स्न्यापड्रागन ८सीएक्स जेन३ चिप हो जुन लेनोभोका अनुसार यो नै क्वालकमको नयाँ ल्यापटप प्रोसेसर प्रयोग भएको पहिलो व्यावसायिक ल्यापटप हो।
यो डिभाइसमा फ्यान दिइएको छैन भने यसको तोल पनि २.५ पाउन्डमात्र छ। यसको माथि र तलको प्यानल ९० प्रतिशत रिसाइकल गरेको सामानबाट बनाइएको छ।
यो ल्यापटपले फाइभजी तथा वाइफाइ ६ई पनि सपोर्ट गर्दछ। थिंकप्याड १३एक्सएस मा ३२ जीबी र्याम, १ टीबीको पीसीआईई स्टोरेज तथा दुई ओटा यूएसबी-सी पोर्ट पनि दिइएको छ।
प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार