एनसेलको नयाँ अल टाइम डाटा प्याक, साथै बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
एनसेलको नयाँ अल टाइम डाटा प्याक, साथै बढ्यो ननस्टप यूट्युब डाटा प्याकको भोलुम

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डाटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डाटा प्याक ल्याएको छ।

यसका साथै ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ।

नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन्। त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमा ननस्टप पहुँच पाउँछन्। पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डाटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ।

यी प्याकहरु मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डाटा प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डाटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन्।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ।

डाटा प्याक अन्तर्गत नयाँ अल टाइम डाटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डाटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार