होन्डाले चाँडै आफ्नो इलेक्ट्रिक स्कुटर लन्च गर्ने

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
होन्डाले चाँडै आफ्नो इलेक्ट्रिक स्कुटर लन्च गर्ने

काठमाडौं ।

होन्डाले चाँडै नै आफ्नो इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ। होन्डाको यो नयाँ ईभीको नाम होन्डा एक्टिभा ई हुने बताइएको छ। यो सम्भवत होन्डा एक्टिभाको इलेक्ट्रिक संस्करण हुनेछ।

कम्पनीले आफ्नो लोकप्रिय एक्टिभा दुई पाङ्ग्रे इलेक्ट्रिक संस्करण भारतमा लन्च गरेर फेरि चर्चामा आउन सक्छ। ओला, एथर, बजाज र टिभिएस जस्ता कम्पनीहरूले विद्युतीय स्कुटर क्षेत्रमा प्रवेश गरिसकेका छन्। अब होन्डाले आफ्नो ई–स्कुटर ल्याएर यो प्रतिस्पर्धालाई थप बलियो बनाउन सक्छ। होन्डा मोटरसाइकल एण्ड स्कूटर इन्डियाले चाँडै नै यसको बारेमा नयाँ घोषणा गर्न सक्छ।

वर्तमानमा, यदि हामी भारतीय टू-व्हीलर बजारलाई हेर्छौं भने, इलेक्ट्रिक स्कुटर भारतमा सबैभन्दा छिटो बढिरहेको खण्ड हो। विश्वभरका देशका सरकारहरूले अहिले नवीकरणीय ऊर्जा स्रोतअन्तर्गत यातायात प्रणालीको विकासमा जोड दिइरहेकाले यस्तो अवस्थामा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन आम नागरिकका लागि सस्तो विकल्प बनेको छ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाका अध्यक्ष अत्सुशी ओगाटाले ईटी अटोलाई एक अन्तर्वार्तामा भने, “हामी अर्को आर्थिक वर्षमा मूल होन्डा ईभी उत्पादन देख्न सक्छौं।” ओगाटाको भनाइबाट होन्डा ई–स्कुटरलाई सडकमा आउन एक वर्ष लाग्ने अनुमान गर्न सकिन्छ।

होन्डाको यो आगामी इलेक्ट्रिक स्कुटरमा स्वाप गर्न सकिने ब्याट्री प्रविधि देख्न सकिने बताईएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार