स्मार्टफोनमा नेटवर्कको समस्याबाट हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ४ उपाय

  • Technology Khabar | १७ फाल्गुन २०७८, मंगलवार
स्मार्टफोनमा नेटवर्कको समस्याबाट हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ४ उपाय

काठमाडौं ।

तपाईसँग महँगो स्मार्टफोन होस् वा सस्तो फोन, कमजोर नेटवर्कका कारण बारम्बार कल काट्ने समस्या जोसुकैलाई पनि आउन सक्छ, तर यस्तो अवस्थामा मानिसहरूले सेवा प्रदायक परिवर्तन गर्ने प्रयास गर्न थाल्छन् तर यो राम्रो विकल्प होइन। तपाईंले पहिले आफ्नो स्तरमा यो समस्या समाधान गर्ने प्रयास गर्नुपर्छ।

आज हामी तपाईलाई केहि ट्रिक्स बताउनेछौँ जसको माध्यमबाट तपाईले नेटवर्कको समस्यालाई केहि हदसम्म हटाउन सक्नुहुन्छ।

१. फोन रिस्टार्ट गरेर

यदि तपाईँको फोनमा लो नेटवर्क आउँदैछ वा नेटवर्कमा गडबड भइरहेको छ भने, सबैभन्दा पहिले फोन रिस्टार्ट गर्नुस्। कम्प्युटर जस्तै फोन पनि रिस्टार्ट गरेपछि राम्ररी चल्न थाल्छ र यसको नेटवर्कको समस्या पनि समाप्त हुन्छ।

२. सिम कार्ड निकाल्नु

मोबाइलमा नेटवर्क राम्रोसँग नआउने समस्यालाई हटाउन फोनबाट सिमकार्ड निकालेर एकपटक राम्ररी सफा गरेर फेरि हाल्नुहोस्। नेटवर्क समस्या पनि यसबाट समाधान गर्न सकिन्छ।

३. फ्लाइट मोडमा

यदि तपाईँ खराब नेटवर्कबाट समस्यामा हुनुहुन्छ भने, यो ट्रिक पनि अपनाउनुहोस्। तपाईले आफ्नो फोनको फास्ट सेटिङमा गएर फोनलाई यो मोडमा राख्न सक्नुहुन्छ। केही समयको लागि यो मोडमा राखेपछि, सामान्य सेटिङमा फर्कनुहोस्। यसले पनि समस्या समाधान गर्न सक्छ।

५. नेटवर्क सेटिङ्गस

यो विधि सबैभन्दा महत्त्वपूर्ण छ । यदि अरु प्रयासले भएन भने तपाइँले यसलाई अन्तिम प्रयास गर्दा उपयुक्त हुन्छ। खराब नेटवर्क समस्या समाधान गर्न, आफ्नो फोन सेटिङ्गसमा जानुहोस्। त्यसपछि त्यहाँ भएको ‘जनरल’ अप्सन चयन गर्नुहोस्। त्यसपछि ‘रिसेट नेटवर्क सेटिङ्गस’ चयन गर्नुहोस्। यसलाई कन्फर्म गरेपछि, तपाईँको खराब नेटवर्कको समस्या हट्नेछ।

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार