ग्यालेक्सी नोट सिरिज बन्द भएको सामसङको आधिकारिक भनाई

  • Technology Khabar | १७ फाल्गुन २०७८, मंगलवार
ग्यालेक्सी नोट सिरिज बन्द भएको सामसङको आधिकारिक भनाई

काठमाडौं ।

सामसङले आधिकारिक रुपमा ग्यालेक्सी नोट सिरिजको समाप्त भएको पुष्टि गरेको छ। यो विषय केही समयदेखि चर्चामा थियो र, भर्खरै लन्च गरिएको ग्यालेक्सी एस२२ अल्ट्राले ग्यालेक्सी नोट लाइनका उत्कृष्ट सुविधाहरू समावेश गरेसँगै अब ग्यालेक्सी नोट सिरिज समाप्त भएको छ।

एमडब्लुसी २०२२को सन्दभर्मा पत्रकारहरूसँग कुरा गर्दै सामसङ इलेक्ट्रोनिक्स मोबाइल एक्सपेरिएन्सका प्रमुख, रोह ताई मूनले “ग्यालेक्सी नोट अब देखि (ग्यालेक्सी एस) अल्ट्रा” को रूपमा बाहिर आउने घोषणा गरेको एक्सडीए डेभलपर्सले जनाएको छ।

यसको मतलब कम्पनीले ग्यालेक्सी नोट सिरिजमा नयाँ मोडल सार्वजनिक गर्दैन। यसको सट्टा, ग्यालेक्सी एस अल्ट्रा लाइनअपले पुरानो विरासतलाई निरन्तरता दिनेछ।

ग्यालेक्सी नोट शृङ्खला नाममा मात्रै मरेको छ किनकी ग्यालेक्सी एस२२ अल्ट्रामा यसको आत्मा राम्रो र साँच्चै जीवित छ।

विगतका वर्षहरूमा, सामसङले ग्यालेक्सी एस सिरिजबाट ग्यालेक्सी नोट लाइनलाई फरक पार्न संघर्ष गरिरहेको छ। त्यो रेखा गत वर्षको ग्यालेक्सी एस२१ अल्ट्राको साथ अझ धमिलो भयो, जसले एस पेन सपोर्ट ल्यायो।

नयाँ ग्यालेक्सी एस२२ अल्ट्रामा एस पेन स्टाइलस समर्थन, घुमाउरो किनारा भएको ठूलो डिस्प्ले, एयर कमाण्ड सुविधाहरू र थप कुराहरू सहित ग्यालेक्सी नोट लाइनबाट नयाँ अनुभव हासिल गर्न सकिने अपेक्षा रहेको बताईएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...