पृथ्वीबाट २० करोड प्रकाश वर्ष टाढा रहेका दुई आकाशगंगा आए नजिक

  • Technology Khabar | १७ फाल्गुन २०७८, मंगलवार
पृथ्वीबाट २० करोड प्रकाश वर्ष टाढा रहेका दुई आकाशगंगा आए नजिक

काठमाडौं ।

नासाको हबल स्पेस टेलिस्कोपले पृथ्वीबाट करिब २० करोड प्रकाश वर्ष टाढा दुई अन्तरक्रिया गर्ने आकाशगंगाहरूको तस्बिर खिच्न सफल भएको छ। यो ‘पेगासस तारामण्डल’ मा स्थित छ।

केहि दिन अघि आफ्नो इन्स्टाग्राम र ट्विटर पेजमा साझा गरिएको तस्बिरमा, नासाले ठूलो रिंग ग्यालेक्सी (एनजीसी ७४६९) र यसको सानो साथी (आईसी ५२८३)लाई देखाएको छ। एनजीसी ७४६९ ग्यालेक्सी धेरै ठूलो देखिन्छ। यसले ठूलो ब्ल्याक होल र ताराहरूको समूहको चम्किलो रिंगलाई पनि प्रतिनिधित्व गर्दछ।

यी आकाशगंगाहरूलाई एकसाथ ‘अर्प/एआरपी २९८ (Arp 298)’ भनिन्छ। उनीहरुको यो नाम खगोलविद् ‘हल्टन अर्प’ को नामबाट राखिएको हो। वैज्ञानिकहरुले अर्प २९८ सहित अनौठो आकाशगंगाहरूको सूची बनाएका छन् र यसलाई एटलस भनिन्छ। एटलसमा अनौठो र अद्भुत आकाशगंगाहरूको ग्यालरी छ।

यी सबैको संरचना एकदम फरक छ। नासाले एआरपी २९८ मा अन्तरक्रिया गर्ने दुई ग्यालेक्सीमध्ये एनजीसी ७४६९ ठूलो ग्यालेक्सी भएको बताएको छ । यसमा विशाल ब्ल्याक होल र चम्किलो रिंगसहित ताराहरूको समूह पनि छ।

वैज्ञानिकहरूले त्यस्ता आकाशगंगाहरूको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलले ताराहरू कसरी बनाउन सक्छ भनेर बुझ्नको लागि अध्ययन गर्छन्। यो तस्बिर खिच्नको लागि, हबल स्पेस टेलिस्कोपले यसको दुई टूलहरू प्रयोग गरेको थियो जसमा वाइड फिल्ड क्यामरा ३ र एडभान्स्‍ड क्यामरा फर सर्भे ७।

नासाका अनुसार यो पहिलो प्रणाली हुनेछ, जसलाई जेम्स वेब टेलिस्कोपले देख्नेछ।

जेम्स वेब स्पेस टेलिस्कोपको यो परियोजना नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानडाको अन्तरिक्ष एजेन्सीले संयुक्त रूपमा लन्च गरेका हुन्। यो टेलिस्कोप २५ डिसेम्बरमा एरियन–५ रकेटबाट प्रक्षेपण गरिएको थियो । अन्तरिक्षमा छोडेपछि यो टेलिस्कोप बिस्तारै खुल्न थाल्यो। तर, यो टेलिस्कोप पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने छ।

हाल, हबल स्पेस टेलिस्कोप अन्तरिक्षमा सबैभन्दा शक्तिशाली टेलिस्कोप हो। विगत ३० वर्षदेखि, यसले खगोलविद्हरूलाई अन्तरिक्षको जानकारी लिन सहयोग गर्दै आएको छ।

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार