
काठमाडौं ।
आईफोनका फ्यानहरू यसको नयाँ मोडल अर्थात् आईफोन १४ सार्वजनिक हुने प्रतिक्षामा छन्। लन्च हुनुअघि नै यसको फिचरलाई लिएर सबै किसिमका अड्कलबाजी निरन्तर आईरहेको छ। यस सम्बन्धमा धेरै रिपोर्टहरू प्रकाशित भएका छन्।
अब यस विषयमा अर्को जानकारी बाहिर आएको छ। यस अन्तर्गत, तपाईले आईफोन १३ मा भन्दा आईफोन १४ मा राम्रो ब्याट्री पाउन सक्नुहुन्छ। यसले यो फोनलाई थप विशेष बनाउनेछ।
टीएसएमसीसँग कुरा गर्दै
वास्तवमा, यसपटक एप्पलले ५जी चिप बदल्ने तयारी गरिरहेको मिडिया रिपोर्टहरुमा चर्चा छ। यसको सट्टा, कम्पनीले चिपको लागि टीएसएमसीसँग कुरा गर्न सक्छ। टीएसएमसी स्मार्टफोनका लागि चिप्स उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो। दावीका अनुसार, टीएसएमसीको नयाँ ५जी चिपमा ६एनएम आर्किटेक्चर प्रयोग गरिएको छ।
यी चिपसेट सामसङको चिप भन्दा आकारमा सानो र ब्याट्री खपतको हिसाबले राम्रा छन्। यसको मतलब आईफोन १४ मा ब्याट्री ड्रेनको समस्याबाट छुटकारा पाउन सकिनेछ।
कति एमएएचको ब्याट्री हुने छैन स्पष्ट
फाइभजी चिपले ब्याट्री खाने समस्यालाई पक्कै हटाउन सक्ने विज्ञहरू बताउँछन् तर यसले फोरजी चिपभन्दा धेरै पावर खपत गर्छ। त्यसैले मोबाइल कम्पनीहरूले फाइभजी प्रयोगमा नभएको बेला अफ राख्न आग्रह गर्छन्।
आईफोन १४ मा कति एमएएच ब्याट्री उपलब्ध हुनेछ भन्ने कुरा स्पष्ट भइसकेको छैन, तर यो पक्कै भन्न सकिन्छ किआईफोन १४मा तपाईले आईफोन १३ को भन्दा पावरफुर र उत्कृष्ट ब्याट्री पाउनुहुनेछ।
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार