
काठमाडौं ।
पानासोनिक कर्पले जापानको प्लान्टमा मार्च २०२४ को अन्त्य हुनु अघि नै टेस्ला इंकको लागि नयाँ लिथियम-आयन ब्याट्रीको ठूलो उत्पादन सुरु गर्ने सोमबार बताएको छ।
जापानी कम्पनीद्वारा अक्टोबरमा अनावरण गरिएको, ४६८० डिजाइन (४६ मिलिमिटर चौडा र ८० मिलिमिटर अग्लो) ब्याट्री हाल टेस्लालाई आपूर्ति गरिएको भन्दा करिब पाँच गुणा ठूलो हुने रोयटर्सले उल्लेख गरेको छ। जसको अर्थ अमेरिकी इलेक्ट्रिक भेहिकल (ईभी) निर्माताले उत्पादन लागत कम गर्न सक्षम हुनेछ।
नयाँ पावरप्याकले सवारीसाधनको दायरा सुधार्ने अपेक्षा गरिएको छ, जसले टेस्लालाई थप चालकहरूलाई ईभीहरूमा आकर्षित गर्न मद्दत गर्न सक्छ।
पानासोनिकले पश्चिमी जापानको वाकायामा कारखानामा ब्याट्रीहरू निर्माण गर्न दुई नयाँ उत्पादन लाइनहरू निर्माण गर्ने कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
कम्पनीले विस्तारका लागि कति खर्च गर्ने भन्ने कुरा भने खुलाएको छैन्।
यसअघि निकाई समाचार पत्रकाअनुसार पानासोनिकले प्लान्टमा ८० अर्ब बिलियन येन लगानी गर्ने योजना बनाएको उल्लेख गरेको थियो।
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार