
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले सोमबार यूक्रेनको आग्रहका बावजूद रुसका सबै एकाउन्ट ब्लक नगर्ने जनाएको छ।
उक्त टिप्पणी यूक्रेनका उप प्रधानमन्त्रीले बाइनान्सलाई रुसका सबै यूजरको एकाउन्ट फ्रीज गर्न आग्रह गरेपछि आएको हो।
‘हामी एकतर्फी रुपमा लाखो निर्दोष यूजरका एकाउन्ट फ्रीज गर्न सक्दैनो’, बाइनान्सका प्रवक्ताले सीएनबीसीलाई भने, ‘क्रिप्टो विश्वभरका मानिसहरुलाई वित्तीय स्वतन्त्रता प्रदान गर्नका लागि ल्याइएको हो। एकतर्फी रुपमा क्रिप्टोमा मानिसहरुका पहुँचमाथि प्रतिबन्ध लगाउनु क्रिप्टोको आधारभूत नियमको विपरीत हो।’
आइतबार यूक्रेनका उप प्रधानमन्त्री मिखाइलो फेदोरोभले बाइनान्सलगायत मुख्य एक्सचेन्जहरुलाई रुसीहरुको एकाउन्ट फ्रीज गरिदिन आग्रह गरेका थिए।
प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार