ओपोद्वारा आफ्ना नविनतम उपलब्धिहरु अनावरण

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
ओपोद्वारा आफ्ना नविनतम उपलब्धिहरु अनावरण

काठमाडौं ।

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ। यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड”लाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त “३आर+१डी” सस्टेनेवल प्याकेजिङ सिद्धान्तहरुको पालना गर्न ओपो प्रतिबद्ध छ । यस अन्तर्गत प्याकेजिंगका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पूणःप्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेवल तथा बायोडिग्रेडेवल सामग्रीको प्रयोगलाई कम्पनीले प्रोत्साहन गर्दै निरन्तर्ता दिई रहेको छ। सन् २०२१मा युरोपेली बजारबाट सुरुवात गर्दै ओपोले सन् २०१९ लेभल१का तुलनामा आफ्ना स्मार्टफोन उत्पादनका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीको मात्रामा २४% कटौती ल्याउन सफल भएको छ । यसमा पनि करिव ४५% प्याकेजिङका लागि रिसाइकल्ड फाइबरको प्रयोग गरिएको थियो । त्यसैगरी, सन् २०१९ देखि स्मार्टफोनको प्याकेजिङका लागि प्रयोग हुने समग्र प्लास्टिकमा ९५%ले कटौती ल्याउन ओपो सफल भएको छ ।

  • उत्पादनको टिकाउपना बढाउने उद्देश्यका साथ ब्याट्रीको आयू लम्ब्याउन ओपोले स्व–विकसित ब्याट्री हेल्थ ईञ्जिन सार्वजनिक गरेको छ । यस नवप्रबर्तनात्मक प्रविधि मार्फत ब्याट्रीको क्षमता १६०० चार्जिङ तथा डिस्चार्जिङ साइकल पश्चात पनि ८०%को हाराहारी उच्च बिन्दुमा कायम राख्न सकिन्छ ।
  • स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पूणः प्रयोग प्रबद्र्धन गर्न ट्रेड–इन सेवाका लागि ओपोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । यस योजना अन्तर्गत आजका मिति सम्म आइ पुग्दा चीनमा मात्रै १.२ मिलियन फोन्स रिसाइकल्ड गरिसकिएको छ । यो भनेको विद्युतिय रद्दि अन्तर्गत २१६ टन भन्दा बढी हो ।

दिगोपनाको प्रबद्र्धनका लागि ओपोले आफू लगायत अन्य पार्टनर्ससँग पनि नजिक रहेर कार्यहरु अघि बढाइरहेको छः

लगातार २ बर्षका लागि ओपोले नेशनल जियोग्राफिकसंग लोपोन्मुख प्रजातीको सुरक्षामा सघाउन ओपो इन्ड्यान्जर्ड कलर क्याम्पेन मार्फत पार्टनरशिप गरेको थियो।

ओपो, इको रेटिङ लेबलिङ योजनामा सहभागी भइ राम्रो प्रदर्शन गर्ने पहिलो मध्यकै एक कम्पनी हो । अग्रणी यूरोपेली मोबाइल अपरेटर्सद्वारा मोबाइल फोन्सको पर्यावरण मैत्रीपना मापनका लागि सञ्चालनमा ल्याइएको यो योजना अन्तर्गत स्थायित्व, मर्मत योग्यता, पूनःप्रयोग योग्यता, जलवायु र कार्य दक्षता गरी ५ महत्वपूर्ण क्षेत्रमा उत्पादनको मापन गरिन्छ।

वातावरण संरक्षणमा आफ्ना प्रयासहरु बाहेक, ओपोले दिगो विकासमा योगदान पुर्याउने उद्देश्यका डिजिटल समावेसिता, हेल्थ एण्ड वेलबिइंग तथा युवा सशक्तिकरण लगायत प्रमुख क्षेत्रमा विशेष प्राथमिकताका साथ विभिन्न कार्यहरु गरिरहेको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार