नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कं. लि.(एनडीपीसी) बीच औपचारिक रुपमा सम्झौता भएको छ।

सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

सम्झौता एनडीपीसीद्वारा सन्चालनमा रहेको वालेट नमस्ते पेलाई नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर डाइरेक्ट डेबिट रिक्वेस्ट टू पे तथा ईम्यान्डेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ भने विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्नेछ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन पिएसओका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्।

त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार