यूक्रेन तनावका बीच रुसका यूरोपेली अन्तरिक्ष साझेदारहरुको भविष्य अनिश्चित

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
यूक्रेन तनावका बीच रुसका यूरोपेली अन्तरिक्ष साझेदारहरुको भविष्य अनिश्चित

काठमाडौं ।

यूक्रेनमा बढिरहेको तनावका बीच रुसका अन्तरिक्ष साझेदारहरुको भविष्य अनिश्चित भएको छ।

हाल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा दुई जना रुसी तथा एक जना अन्तरिक्ष यात्री रहेका छन्।

यसबाहेक उक्त टोलीमा ४ जना अमेरिकी अन्तरिक्षयात्री समेत रहेका छन्। यी सातैजना अन्तरिक्षयात्री सन् १९७५ मा भएको अन्तरराष्ट्रिय साझेदारी अन्तर्गत अन्तरिक्षमा गएका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो घटनाक्रम पछिल्लो समयको वैश्विक शान्ति तथा सुरक्षा खतराका क्षेत्रको गम्भीर समस्या भएको बताएका छन्।

यूरोपियन अन्तरिक्ष नियोगका लागि सबैभन्दा ठूलो पीडा भनेको एक्सोमार्स मिसनको रोसालिन्ड फ्र्यांकलिन रोभर हो जुन मंगल ग्रहमा अवतरण गराउनका लागि डिजाइन गरिएको पहिलो यूरोपेली रोभर हो।

उक्त मिशन शुरुमा सन् २०१८ मा प्रक्षेपण गर्ने अपेक्षा गरिएकामा यसको अवतरण गर्ने प्याराशुटमा आएको समस्याका कारण केही ढिलाई भएको थियो।

यो मिशन आगामी सेप्टेम्बरमा रुसको बैकानूर कस्मोड्रोमबाट प्रक्षेपण गर्ने योजना तय भएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार