
काठमाडौं ।
प्रि-एमडब्लूसी ब्रीफिङ र प्रोडक्ट र सोलुसन लन्च कार्यक्रममा ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, इन्टेलिजेन्टर्यान (IntelligentRAN) को अनावरण गरेको छ। यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओ एण्ड एम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो।
ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा एडीएनलाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पारे। “इन्टेलिजेन्सले कोरिलेटिभ डाटा विश्लेषण र प्रभावकारी निर्णय लिने भविष्यवाणीलाई सपोर्ट गरेर वायरलेस नेटवर्कहरूमा धेरै सुधार गर्दछ । यहाँबाट इन्टेलिजेन्टर्यान आउँछ। यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी महसुस गर्न सक्षम बनाउँछ। मोबाइल इन्टेलिजेन्ट इन्जिन (MIE) को प्रयोग गरेर यसले बेस स्टेशन र नेटवर्कहरू बीच डाटा, मोडेल र निर्णयहरू राम्रोसँग समन्वय गर्नेछ, जसले वायरलेस इन्टेलिजेन्सको लागि मार्ग देखाउने छ।” उनले भने।
फाइभजीले वायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ। यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदैछन्।
सेलहरू बीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि बाधा पुऱ्याइरहेको छ। र, ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ।
यी चुनौतिहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग गर्दछन। तिनीहरु अब अप्टिमल अनुभव र इनर्जी दक्षताका साथ सञ्चालन हुन रिसोर्सेस कन्फिगरेसन र सरलीकृत ओ एण्ड एमका लागि प्रयोगकर्ता-केन्द्रित नेटवर्कहरूतिर ध्यान दिँदैछन्।
ह्वावेको नयाँ इन्टेलिजेन्टर्यानले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेड्यूलिङ शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिन्छ। यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन्। इन्टेलिजेन्टर्यान सँगैको सेवा प्रेडिक्सनले नेटवर्क साइडमा नन्-रीयल-टाइम स्पेक्ट्रम र च्यानल सेलेक्सन र रियल-टाइम सीम्बल सेड्युलिङ र बेस स्टेशन साइडमा ट्रान्स्मिट पावर कन्फिगरेसनलाई पनि गाइड गर्दछ। यसले महत्त्वपूर्ण रूपमा सम्पूर्ण नेटवर्कमा ऊर्जा खपत घटाउँछ।
थप रूपमा, इन्टेलिजेन्टर्यानले इन्टेलिजेन्ट एसएलए साइट योजनालाई सक्षम बनाउँछ जहाँ प्यारामिटरहरू डाइनामिक रूपमा कन्फिगर हुन्छन् र सेवा परिवर्तनहरूको प्रतिक्रियामा मोडेलहरू फ़्लेक्जिबल रूपमा समायोजन गर्न सकिन्छ । इन्टेलिजेन्टर्यान भएका सञ्जालहरूले इन्टेलिजेन्ट ओ एण्ड एमबाट पनि लाभ उठाउँछन् । तिनीहरूले त्रुटि पत्ता लगाउने र मूल कारण विश्लेषण (Root Cause Analysis) लाई सुधार गर्न गल्तीहरू स्वयम् सिक्न सक्छन् । यसले निष्क्रिय प्रतिक्रियाहरूलाई सक्रिय मर्मतसम्भारसँग प्रतिस्थापन गर्छ, हामीलाई जीरो-फल्ट वायरलेस नेटवर्कहरूतिर एक कदम नजिक ल्याउँछ ।
इन्टेलिजेन्ट मिनिमम् ड्राइभ टेस्टहरू (एमडीटीएस) ले नेटवर्क परफर्मान्सको लागि अल-राउण्ड हाई-प्रिसिजन म्याप निर्माण गर्न म्यासिभ एमआईएमओ (Massive MIMO) सँग पनि काम गर्न सक्छ। यसले नेटवर्क योजना, अप्टिमाइजेसन र भीआईपी प्रयोगकर्ता आश्वासनको लागि थप सही मार्गदर्शन प्रदान गर्दछ।
इन्टेलिजेन्टर्यानले कोलाबोरेटिभ पावर नियन्त्रण प्रयोग गर्दछ, जसले अप्टिमल मल्टि-ब्यान्ड कार्य सुनिश्चित गर्दै इलेक्ट्रो-म्याग्नेटिक विकिरण इन्टेन्सिटीलाई कम गर्दछ। यो विशेषताले केही देशहरूमा पावर रेस्ट्रीक्सन आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।
दिगो विकास प्रयासहरूका लागि ह्वावेले यो नयाँ आर्किटेक्चर कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको व्याख्या गर्दै गानले भने, “इन्टेलिजेन्टर्यानले अटोनोमस सञ्जालहरूलाई सक्षम बनाउँछ। यसले उद्योगहरूलाई सशक्त बनाउँछ, उद्योग परिवर्तनलाई गति दिन्छ र मोबाइल उद्योगको दिगो विकास र डिजिटल संसारलाई प्रवर्द्धन गर्दछ। यस लक्ष्यलाई अझ राम्रोसँग पूरा गर्न अपरेटर र उद्योग साझेदारहरूसँग काम गर्ने आशा छ।”
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार