अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने रुसको चेतावनी

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने रुसको चेतावनी

काठमाडौं ।

रुसका वैज्ञानिकहरुले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने चेतावनी दिएका छन्।

रुसको अन्तरिक्ष एजेन्सी प्रमुखले रुसमाथि लगाइएको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको आफ्नो साझेदारी भंग गर्न सक्ने बताएका छन्।

अमेरिकाले चीन र भारतलाई लगभग ५०० टनको उक्त संरचना खस्न सक्छ भनेर चेतावनी दिन खोजेको पो हो कि भन्ने उनको शंका थियो।

रुस तथा अमेरिका आईएसएस परियोजनाका प्रमुख साझेदारहरु हुन्। यसमा जापान, क्यानडा तथा फ्रान्स, इटली र स्पेनलगायतका थुप्रै यूरोपेली देशहरु पनि संलग्न छन्।

रुसी राष्ट्पति भ्लादिमिर पुटिनले बिहीबार यूक्रेनमाथि विशेष सैन्य परिचालग गरेनपछि अमेरिका तथा उसका समर्थक राष्ट्रहरुले उनी समर्थक व्यापारीहरुको निर्यातमा नियन्त्रण तथा ४ ओटा ठूला रुसी बैंकका सम्पत्ति रोक्का गरिदिएका छन्।

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रतिबन्धको घोषणाले रुसको अन्तरिक्ष कार्यक्रमसहित एरोस्पेस उद्योग निकै नकारात्मक प्रभाव पार्ने बुझिएको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

रोस्कस्मसका महानिर्देशक जनरल दिमित्री रोगोजिनले गत शुक्रबार ट्वीट गर्दै आईएसएस अर्बिट तथा अन्तरिक्षमा रहेको स्थान रुसी इन्जिनहरुको नियन्त्रणमा रहेको सीएनएनलाई उद्धृत गर्दै ग्याजेट्स३६० ले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...