चालकरहित ड्राइभिङ सेवाहरूको लागि चीनमा पहिलो व्यावसायिक इजाजतपत्र जारी

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
चालकरहित ड्राइभिङ सेवाहरूको लागि चीनमा पहिलो व्यावसायिक इजाजतपत्र जारी

काठमाडौं ।

उत्तरी चीनको शान्सी प्रान्तको याङ्क्वान सहरले शुक्रबार चालकरहित अटोनोमस ड्राइभिङ सेवाहरूको व्यावसायिक सञ्चालनको लागि बैदूलाई इजाजतपत्र जारी गरेको छ।

यो चीनमा जारी गरिएको आफ्नो प्रकारको पहिलो इजाजतपत्र भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

“यसको अर्थ अब सहरका तोकिएका क्षेत्रहरूमा सञ्चालन हुने बैदूका स्वायत्त सवारी साधनहरूमा चालकको सिटमा सुरक्षा पर्यवेक्षकको आवश्यकता पर्दैन,” बैदू इन्टेलिजेन्ट ड्राइभिङ्ग बिजनेस ग्रुप सलुसन्सका महाप्रबन्धक नि युरेनले भने। इजाजतपत्रले भाडा संकलनको लागि पनि अनुमति दिने उनले बताए।

बैदूले २०१३ मा आफ्नो स्वायत्त ड्राइभिङ अनुसन्धान र विकास सुरु गर्यो। कम्पनीले अहिलेसम्म लगभग ३० चिनियाँ शहरहरूमा सडक परीक्षणहरू गरिसकेको छ।

बैदूको स्वायत्त ड्राइभिङ र सम्बन्धित पूर्वाधार प्रणालीहरूको लागि परीक्षण आधार,पाँचौं अपोलो पार्क पनि शुक्रबार याङ्क्वानमा खोलियो। यसले बेइजिङ, ग्वाङ्झाउ र सांघाई र झेजियाङ प्रान्तको वुजेनलाई पछ्याउँछ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १५ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • १५ फाल्गुन २०७८, आईतवार