स्पेसएक्सले अन्तरिक्षमा पठायो थप ५० स्टारलिंक स्याटेलाइट, कम्पनी २ हजार स्याटेलाइट नजिक

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
स्पेसएक्सले अन्तरिक्षमा पठायो थप ५० स्टारलिंक स्याटेलाइट, कम्पनी २ हजार स्याटेलाइट नजिक

काठमाडौं ।

स्पेसएक्सले ५० नयाँ स्याटेलाइट (उपग्रह)हरू अन्तरिक्षमा पठाएको छ। यी स्याटेलाइटहरूलाई कम्पनीले शुक्रबार क्यालिफोर्नियाबाट स्पेसएक्स फाल्कन नाइन रकेटमार्फत प्रक्षेपण गरेको हो।

यी ५० नयाँ स्याटेलाइटहरूले स्टारलिंकको इन्टरनेट सञ्जाललाई अझ बढावा दिन सेवा गर्नेछन्। स्टारलिंक एक स्याटेलाइट आधारित इन्टरनेट सेवा प्रदायक कम्पनी हो जसले संसारभरी स्याटेलाइटमार्फत इन्टरनेट सेवाहरू प्रदान गर्दछ।

स्पेसएक्सले शुक्रबार वेबकास्टमार्फत स्याटेलाइटको प्रक्षेपण देखाएको थियो। भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्रक्षेपण गरेको एक घण्टा पछि यसले रकेटको माथिल्लो चरण देखाएको थियो।

अन्तरिक्षमा प्रक्षेपण गरिएका यी ५० नयाँ स्याटेलाइटहरूको आफ्नै थ्रस्टरहरू छन्।यी स्याटेलाइटहरू थ्रस्टरको मद्दतले केही हप्तामा आफ्नै कक्षमा घुम्न थाल्नेछन्। पहिलो चरण सफलतापूर्वक प्रशान्त महासागरमा ड्रोनशिपमा अवतरण गरियो। यो पुन: प्रयोग गर्न सकिने बूस्टरको चौथो सफल प्रक्षेपण र अवतरण थियो।

स्टारलिंक एउटा अन्तरिक्षमाआधारित प्रणाली हो जुन स्पेसएक्सले धेरै वर्षदेखि विकास गरिरहेको छ। यो प्रणालीले आजसम्म केबलबाट इन्टरनेट नपुगेका ठाउँमा पनि इन्टरनेट उपलब्ध गराउन सक्नेछ। विश्वमा यस्ता धेरै दुर्गम क्षेत्रहरू छन् जहाँ इन्टरनेट उपलब्ध गराउनु अहिलेको अवस्थामा सजिलो काम छैन। स्पेसएक्सको लक्ष्य सबै ठाउँमा पहुँचयोग्य स्याटेलाइटहरूमार्फत नेटवर्क सिर्जना गर्नु हो।

ह्याथ्रोन, क्यालिफोर्नियामा रहेको स्पेसएक्स, अन्तरिक्षमा आधारित सेवाहरू प्रदान गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीले चाँडै नै २००० स्टारलिङ्क स्याटेलाइटको लक्ष्य पूरा गर्नेछ। यी उपग्रहहरू ३४० माइल (५५०किमी) को उचाइमा पृथ्वीको वरिपरि घुम्छन्। यसमार्फत कम्पनीले पृथ्वीमा इन्टरनेट सेवा प्रदान गर्दछ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार