६८ प्रतिशतले सेल्फी तथा ६४ प्रतिशतले घडी हेर्न मोबाइलको प्रयोग गर्ने: अध्ययन

  • Technology Khabar | १४ फाल्गुन २०७८, शनिबार
६८ प्रतिशतले सेल्फी तथा ६४ प्रतिशतले घडी हेर्न मोबाइलको प्रयोग गर्ने: अध्ययन
सांकेतिक तस्बिर

काठमाडौं ।

मोबाइल स्मार्टफोन अब कलिङभन्दा बढी अन्य काममा प्रयोग हुन थालेका पाइएको छ। हालै गरिएको एउटा सर्वेक्षणमा १० मध्ये ६ जना मोबाइल फोनबिना एक दिन पनि  बिताउन नसक्ने पाइएको छ।

यस्तै १० मध्ये तीनजना फोन नबोकी घरबाट ननिस्कने गरेको पनि पाइएको छ।

१२ प्रतिशत ब्याट्री डिस्चार्ज हुदा चिन्तित

सर्वेक्षमा सहभागीमध्ये आधाजति मानिसहरुका लागि मोबाइल फोनको ब्याट्री डिस्चार्ज हुनु चिन्ताको विषय रहने गरेको देखिएको छ। आधाभन्दा बढी यूजरले आफ्ना फोन दिनमा २ पटक चार्ज गर्ने गरेको भेटियो।

यीमध्ये १२ प्रतिशत मानिसहरु फोनको ब्याट्री डिस्चार्ज हुँदा बढी चिन्तित हुने गरेका छन्। भास्कर डटकमका अनुसार उनीहरु घरीघरी आफ्ना फोनको ब्याट्री चेक गरिरहन्छन्।

लगभग ४८ प्रतिशत मानिसका लागि मोबाइल फोन हराउनु बैंक कार्ड, कारको साँचो तथा बिहेको औंठी हराउनुसरह नै हुन्छ।

५० पटक ‍फोनको नोटिफिकेशन हेर्नु

एउटा मानिसले दिनभरमा २ घण्टा स्मार्टफोनको स्क्रीन हेरिरहन्छन्। साथै कलबाहेक  ५०औं पटक फोनको नोटिफिकेशन चेक गरिरहन्छन्।

सर्वेक्षण गराउने कम्पनी एचएमडी ग्लोबलका पैट्री हेरेननले स्मार्टफोन यूजरहरु पछिल्लो एक दशकमा आफ्ना मोबाइल ह्याण्डसेट प्रतिको लगावमा निकै वृद्धि भएको बताएका छन्।

फोन प्रयोग गर्ने यो प्रवृत्तिबाट भविष्यमा मोबाइलको प्रयोग अझ बढ्ने आकलन गर्न सकिन्छ।

२७ प्रतिशतले म्याप लोकेशनका लागि प्रयोग गर्ने

अनुसन्धानबाट लगभग १६ प्रतिशत मानिसहरु फोनको प्रयोग ऐनाका रूपमा पनि प्रयोग गर्ने बुझिएको छ।

यस्तै उनीहरुले ६२ प्रतिशत मानिसहरु  मौसम पूर्वानुमान जान्नका लागि र २७ प्रतिशत भने म्याप लोकेशन थाहा पाउनका लागि प्रयोग गर्ने गरेको पाएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार