
काठमाडौं ।
कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्यौट गरेको छ। बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ।
हाल यसमा ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २६ सयभन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भइसकेका छन्।
यस प्रणाली मार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ। पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापन पत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ।
व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक बहु अधिकार र बहु हस्ताक्षरकर्ताको समेत उपयुक्त व्यवस्था रहेको छ।
प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोडसम्म गर्न सकिन्छ। साथै यस प्रणालीमा एउटै प्लेटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ।
एनसीएचएलद्वारा संचालन गरिएको यस प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ।
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार