आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा दश प्रतिशत छुट

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
आइएमई पे स्क्यान गरि किराना खरिद गर्दा दश प्रतिशत छुट

काठमाडौं ।

आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ।

आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले कुनै पनि क्यूआर स्क्यान (Scan Any QR) अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्कान गरी भुक्तानी गर्न मिल्ने बताईएको छ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ।

यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार