अमेरिकाद्वारा आफ्ना देशमा बनेका प्रविधिसम्बद्ध सामान रुसमा निर्यात गर्न रोक

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
अमेरिकाद्वारा आफ्ना देशमा बनेका प्रविधिसम्बद्ध सामान रुसमा निर्यात गर्न रोक

काठमाडौं ।

अमेरिकाले बिहीबार अमेरिकामा बनेका तथा अमेरिकी प्रविधिबाट विदेशमा बनेका केही सामानहरु रुसतर्फ निर्यात गर्न रोक लगाएको छ।

रुसले यूक्रेनमा हमला गरेपछि आएको यो निर्णयले अमेरिकी प्रविधि कम्पनीलाई प्रभाव पार्ने अमेरिकी व्यापार नीतिसम्बद्ध अधिकारीले बताएका छन्।

अमेरिकी कम्पनीहरुले कम्प्युटर, सेन्सर, लेजर, नेभिगेशन टूल तथा दूरसञ्चारका सामान, एरोस्पेस तथा समुद्री उपकरण रुसमा निर्यात गर्नुअघि इजाजत लिनुपर्ने भएको छ।

अमेरिकाले अब आउने यस्ता अधिकांश आग्रह अस्विकार गर्ने रोयटर्सले उल्लेख गरेको छ।

नयाँ नीतिले अमेरिकी पार्टपुर्जा प्रयोग गरेर विदेशमा उत्पादन गरिने प्रवधिसम्बन्धी उत्पादन तथा उपकरणहरु रुसतर्फ निर्यात गर्न चाहने कम्पनीले पनि इजाजत लिनुपर्ने भएको छ।

यस्तै खाले प्रतिबन्ध अमेरिकाले यसअघि चिनियाँ प्रविधि जायन्ट ह्वावेमाथि पनि लगाएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार