विज्ञको दाबी- रोबोटको सहयोगले उद्योग बिस्तार, जीवन सहज र रोजगारी बढ्यो

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
विज्ञको दाबी- रोबोटको सहयोगले उद्योग बिस्तार, जीवन सहज र रोजगारी बढ्यो
सांकेतिक

काठमाडौं ।

रोबोटको बारेमा प्रायः नयाँ कुराहरू हाम्रो अगाडि आइरहन्छन्। जसमध्ये केहीले हामीलाई डराउँछ भने केहीले हामीलाई राहतको अनुभूति गराउँछ। रोबोटहरू प्रयोगमा आएको हामीबीच छ दशक भइसकेको छ। मूलतः तिनीहरू मेकानिकल मेसिनहरू हुन् जसले निर्देशन अनुसारको काम गर्दछन्। तर अहिले अवस्था फेरिएको छ। मानिस र रोबोट बीचको राम्रो सम्बन्ध फस्टाउँदैछ। एक्सपर्ट प्यानल अन रोबोटिक्स अफ अमेरिकाका अनुसार यसका दुईवटा कारण छन् ।

रोजगारी गुमाएपछि पनि ई-कमर्स फस्टायो

कोभिड–१९ का कारण विश्वभर धेरै सामाजिक परिवर्तनहरू भएका छन् । विश्वका करोडौं मानिसले आफ्नो जागिर छोड्नु परेको छ। घरबाट काम गर्ने नयाँ अवसरहरू शुरु भएका छन्। रोजगारी गुमाएका कारण गोदामहरू खाली भएका छन्। धेरै व्यवसायमा श्रमिक अभाव अझै जारी छ। आपूर्ति चेनहरू बिग्रिएको छ, जबकि ई-वाणिज्य व्यवसाय बढेको छ।

रोबोट अस्पतालमा समेत सहयोगी साबित

रोबोटहरू छिटोसँग राम्रो हुँदैछन् जसले गर्दा सामान सार्नुको सट्टा अब होम डेलिभरीका लागि सामान प्याक गर्न थालेका छन् । एडभान्स सेन्सर र शीन लर्निङ्गका साथ सुसज्जित भएका छन्। यस्ता रोबोटले अस्पतालमा शल्यक्रियामा पनि सहयोग गरिरहेका छन् भने वृद्धवृद्धाको हेरचाह गर्ने काम पनि गरिरहेका छन् ।

खासगरी कोरोनापछि टेलिमेडिसिनमा रोबोटको उपयोगिता बढेको छ। यद्यपि, उद्योगमा रोबोटको पूर्ण प्रयोग अझै धेरै टाढा छ। कार प्लान्टहरू निर्माणको क्षेत्रमा द्रुत रूपमा आधुनिकीकरण हुँदैछन्। तर सबैभन्दा अत्याधुनिक प्लान्टमा पनि १० जना कामदारको सट्टा एउटा मात्र रोबोट छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको इन्स्टिच्युट अफ कन्टेक्चुअल रोबोटिक्सका निर्देशक हेनरिक क्रिस्टेनसेनका अनुसार मानव बिनाको कारखानाको कल्पना गरिँदैछ। जुन अहिलेको अवस्थामा सम्भव छैन। यति हुँदाहुँदै पनि रोबोटको प्रयोगले मानिसहरूलाई आफ्नो जागिर गुमाउने डर छ।

वास्तवमा, रोबोटले रोजगारी नष्ट गर्नुको सट्टा उद्योगलाई थप दक्ष बनाएर विस्तार गर्ने अवसर दिइरहेको छ। तर यसको लागि तालिम आवश्यक छ।

संसारमा ३० लाख भन्दा बढी औद्योगिक रोबोटहरू, घर र अस्पतालहरूमा पनि

विश्वभर रोबोटसँग सम्बन्धित उद्योगको विश्वव्यापी संगठन इन्टरनेशनल फेडेरेसन अफ रोबोटिक्सका अनुसार पृथ्वीमा ३० लाखभन्दा बढी औद्योगिक रोबोटहरू छन्। लाखौं अन्य रोबोटहरूले गोदाममा वरिपरि सामानहरू सार्छन्, घर सफा राख्छन्, घाँस काट्छन्, र शल्य चिकित्सकहरूलाई शल्यक्रियामा मद्दत गर्छन्। एजेन्सीहरुका साथ

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...