रुसको हमलाबाट गम्भीर संरचना बचाउ गर्न यूक्रेनद्वारा भूमिगत ह्याकर समूहलाई आग्रह

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
रुसको हमलाबाट गम्भीर संरचना बचाउ गर्न यूक्रेनद्वारा भूमिगत ह्याकर समूहलाई आग्रह

काठमाडौं ।

यूक्रेन सरकारले रुसी हमलाविरुद्ध बचाउ गर्नका लागि भूमिगत ह्याकर समूहलाई आग्रह गरेको छ।

यूक्रेनले ती ह्याकर समूहलाई गम्भीर संरचनाको सुरक्षा तथा रुसको सेनाविरुद्ध साइबर जासूसी गर्न आग्रह गरेको उक्त परियोजनामा संलग्न दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

रुसी सेना यूक्रेनका शहरहरुमा हमलापछि राजधानी कीभका थुप्रै बासिन्दाले घर छोडेर हिँडिरहँदा ह्याकरहरुका फोरममा बिहीबार स्वयंसेवकहरुका लागि आग्रह गरिएका थुप्रै पोस्टहरु आएका थिए।

‘यूक्रेनका साइबर समुदाय, यो हाम्रो देशकका लागि साइबर बचाउमा लाग्नुपर्ने समय हो’, उक्त पोस्टमा लेखिएको थियो।

ह्याकरहरुलाई सम्बोधन गरेर लेखिएको उक्त पोस्टमा गुगल डक्समा आवेदन दिन र मालवेयर डेभलपमेन्टलगायतका आफ्ना विज्ञता सूचीकृत गर्न पनि भनिएको छ।

कीभमा रहेको एउटा साइबर सुरक्षा संस्थाका सह संस्थापक येगोर औशेभले रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीको आग्रह उक्त पोस्ट लेखेको रोयटर्सलाई बताए।

साइबर यूनिट टेक्नोलोजिज नामक उनको संस्था यूक्रेन सरकारलाई गम्भीर संरचनाको सुरक्षाका लागि सेवा प्रदान गर्दै आइरहेको संस्था हो।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive concludes fourth Platinum Drivers Giveaway

  • Technology Khabar
  • १३ फाल्गुन २०७८, शुक्रबार