
काठमाडौं ।
नेपाल प्रहरीको अनलाइन पुलिस रिपोर्ट लिने तथा अनलाइनबाट ट्राफिक जरिवाना तिर्ने सिस्टम आज प्रभावित हुने भएको छ।
नेपाल प्रहरीले प्रणालीहरु नियमित मर्मत संभार गर्ने भएसँगै अनलाइन सेवाहरु प्रभावित हुने भएका हुन् ।
प्रहरीले आज बेलुका ४ बजेदेखि राती ८ बजेसम्मको समयभित्र अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आउसक्ने जानकारी दिएको हो।
— Nepal Police (@NepalPoliceHQ) February 25, 2022
सो अवधिपछि सेवा पुन सुचारु हुने प्रहरीले जनाएको छ।
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार