बागमती प्रदेशमा अब विद्युतीय माध्यमद्वारा भाडा भुक्तानी गर्न सकिने

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
बागमती प्रदेशमा अब विद्युतीय माध्यमद्वारा भाडा भुक्तानी गर्न सकिने
सांकेतिक तस्बिर

काठमाडौं ।

बागमती प्रदेश सरकारले भाडा निधारण/समायोजन तथा विद्युतीय माध्यमद्वारा भाडा भुक्तानी नियमावली २०७८ संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ।

नियमावली संसोधन भएसँगै अब सार्वजनिक सवारीसाधनमा सवारी भाडा भुक्तानीलाई नगद कारोबाररहित बनाउने बाटो खुलेको छ।

अब विद्युतीय माध्यमबाट प्रदेशभर चल्ने सार्वजनिक यातायातमा सवारी भाडा भुक्तानी गर्न सकिनेछ र सार्वजनिक यातायातमा सवारी भाडा भुक्तानी नगदरहित हुनेछ।

साथै मन्त्रिपरिषद् बैठकले सवारी चालक अनुमतिपत्र परीक्षण स्थल छनोट कार्यविधि स्वीकृत गरेको छ। बागमती प्रदेश सरकारले थप दुईवटा विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार