
काठमाडौं ।
रुसले बिहीबार बिहानदेखि युक्रेनमा प्रत्यक्ष आक्रमण गरेको छ। यस आक्रमण शुरुभएपछि विश्वको शेयर बजारमा उथलपुथल मच्चाएको छ। जसले गर्दा युद्ध सुरु भएको ४/५ घण्टाभित्रै विश्वका शीर्ष २० धनी व्यक्तिको सम्पत्ति अर्बौं डलरले घटेको छ।
विश्वको सबैभन्दा धनी व्यक्ति टेस्ला तथा स्पेसएक्सका इलन मस्कको कुल सम्पत्ति नै अर्बौं डलरले घटेको फोर्ब्सको नयाँ तथ्यांकले देखाएको छ। यससँगै विश्वका सबै धनीहरुले सम्पत्ति गुमाएका छन्।
पछिल्लो केही दिनदेखि रुस र युक्रेनबीच युद्धजस्तै अवस्था थियो। यसअघि पनि विश्वभर बजारमा उतार चढाव भएको थियो तर बिहिबार बिहान रुसले युक्रेनमाथि सैन्य कारबाही गरेपछि सेयर बजार ह्वात्तै झरेको हो। फोर्ब्सको रियल टाइम तथ्यांकअनुसार धनी व्यवसायीहरुको सूचीकृत कम्पनीहरुको शेयरमा समेत भारी गिरावट आएको छ।
अमेजनका जेफ बेजोस, फेसबुकका मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स र चर्चित लगानीकर्ता वारेन बफेटको सम्पत्ति पनि घटेको छ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सकाअनुसार विश्वका सबैभन्दा धनी इलन मस्कले एकैदिन बुधबार १३.३ अर्ब डलर गुमाएका छन्। यस वर्ष उनको कुल सम्पत्ति ७१.१ अर्ब डलरले घटेको छ। गत वर्ष नोभेम्बर ४ मा मस्कको कुल सम्पत्ति ३४०.४ अर्ब डलर पुगेको थियो तर, त्यसयता १४० अर्ब डलरभन्दा बढीले घटेको छ।
बिहिबार बेलुकासम्ममा भने मस्कको सम्पत्तिमा वृद्धि हुँदै २११.९ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ। त्यसैगरी जेफ बेजोसको समेत सम्पत्तिमा सुधार हुँदै १७२.३ अर्ब डलर भएको छ। यसका साथै बिल गेट्स
यसका साथै माइक्रोसफ्टको शेयर बिहीबार बिहानको कारोबारमा १ प्रतिशतले कम भएको थियो, जबकि एप्पलको शेयर २ प्रतिशत बढीले घट्यो। ओरेकल १% भन्दा बढि बढ्यो भने एडोबको शेयर ३% भन्दा बढि र सेल्स फोर्सको २% भन्दा बढि थियो।
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार