
काठमाडौं ।
सफ्टबैंक समूह समर्थित भारतीय कम्पनी ओला इलेक्ट्रिकले भारतमा ५० गिगावाट घण्टा क्षमताको ब्याट्री सेल उत्पादन प्लान्ट निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले यसको व्यापक विद्युतीकरणको भागको रूपमा निर्माण गर्ने बताईएको छ।
रोयटर्सकाअनुसार ओलाले एक करोड विद्युतीय स्कुटर उत्पादन गर्ने वार्षिक लक्ष्य पूरा गर्न ४० गिगावाट क्षमताको ब्याट्री चाहिनेछ र बाँकी विद्युतीय कारका लागि हुनेछ, जुन भविष्यमा उत्पादन गर्ने योजना लिएको छ।
“प्रारम्भिक योजना २०२३ सम्म १ गिगावाट आवर ब्याट्री क्षमताको स्थापना गरी अर्को ३ देखि ४ वर्षमा २० गिगावाट घण्टामा विस्तार गर्ने योजना छ,” योजना बारे जानकार अर्को स्रोतले भन्यो, ‘यसका लागि मात्र १ अर्ब डलरको लगानी आवश्यक पर्नेछ।”
ओलाले हाल दक्षिण कोरियाबाट ब्याट्री सेलहरू आयात गर्दछ । एडभान्स सेल र ब्याट्री प्रविधि भएका कम्पनीहरूमा लगानी गर्ने योजना पनि बनाएको छ भने भारतमा ब्याट्री अनुसन्धान र विकास सुविधा स्थापना गर्ने रिपोर्टमा उल्लेख छ।
ब्याट्री सेल निर्माणमा सीएटीएल, एलजी इनर्जी सलुसन्स र पानासोनिक लगायतका सिमित एशियाली कम्पनीहरूको प्रभुत्व छ जसले टेस्ला इंक र फक्सवागन जस्ता प्रमुख विश्वव्यापी अटोमेकरहरूलाई आपूर्ति गर्दछ।
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार