आफ्ना ३एनएम चिप उत्पादनको सम्पूर्ण अर्डर टीएसएमसीलाई दिने योजनामा क्वालकम

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
आफ्ना ३एनएम चिप उत्पादनको सम्पूर्ण अर्डर टीएसएमसीलाई दिने योजनामा क्वालकम

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले आफ्ना ३एनएम प्रोसेसमा बन्ने सबै चिप निर्माणका लागि टीएसएमसीसँग सम्झाैता गर्ने योजना बनाएको छ।

क्वालकमले आफ्ना सबै नेक्स्ट जेन ३एनएम प्रोसेसर सामसङको सट्टा अब टीएसएमसीलाई दिने भएको दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सामसङको फ्याक्ट्रीमा उत्पादनमा समस्या देखिएपछि यस्तो निर्णय गरिन लागेको डिजिटाइम्सले जनाएको छ।

क्वालकमले आफ्ना केही ४एनएम स्न्यापड्रागन ८ जेन १ चिपको अर्डर पनि टीएसएमसीलाई दिएको सञ्चारमाध्यममा उल्लेख छ। यसअघि सामसङ नै क्वालकमका लागि प्रोसेसर बनाउने एकमात्र कम्पनी थियो।

स्मार्टफोन चिप उत्पादनमा क्वालकमको मुख्य प्रतिस्पर्धी मिडियाटेकले यसअघि नै टीएसएमसीसँग आफ्नो नेक्स्ट जेनेरेशन ३एनएम चिप उत्पादनका लागि सम्झोता गरिसकेको बताइएको छ।

डाइमेन्सिटी ९००० नामको मिडियाटेकको पछिल्लो फाइभजी चिप सिरिज ४एनएम प्रविधिमा बनेको हो।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार