भारतमा फ्री फायरमाथि प्रतिबन्ध लगाइएकोमा सिंगापुरको चिन्ता

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
भारतमा फ्री फायरमाथि प्रतिबन्ध लगाइएकोमा सिंगापुरको चिन्ता

काठमाडौं ।

चर्चित गेमिङ एप ‘फ्री फायर’ माथि प्रतिबन्ध लगाएकोमा भारतमाथि सिंगापुरले चिन्ता व्यक्त गरेको छ।

प्रतिबन्धपछि न्यूयोर्कमा सूचीकृत उक्त कम्पनीको शेयर एकै दिन १६ अर्ब डलर घटेको थियो।

यसपछि भारतले सी को हालै सञ्चालनमा ल्याइएको ई-कमर्स साइट शोपी पनि बन्द गरिदिने हो कि भन्ने चिन्ता शेयरहोल्डरमा रहेको बुझिएको छ।

भारतीय सरकारी अधिकारी सम्मिलित स्रोतका अनुसार सिंगापुरले भारतीय अधिकारीहरुलाई चिनियाँ एप बन्द गर्ने क्रममा सिंगापुरमा मुख्यालय रहेको सी अन्तर्गतको एपमाथि किन लक्षित गरिएको भनेर सोधेका थिए।

सिंगापुरले उक्त एपमाथि बिना उद्देश्य प्रतिबन्ध लगाइएको पो हो कि भनेर सोधेको कूटनीतिक कदमको जानकार एक भारतीय सरकारी अधिकारीले प्रश्न गरेको रोयटर्सले उल्लेख गरेको छ।

हालै भारतको विदेश मामिला मन्त्रालयले सूचना प्रविधि विभागलाई उक्त एपमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि यो चिन्ता अझ चुलिएको हो।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार