दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई सोधिएको स्पष्टिकरणको पत्र फिर्ता

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई सोधिएको स्पष्टिकरणको पत्र फिर्ता

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुलाई सोधिएको स्पष्टिकरणको पत्र फिर्ता भएको छ। प्राधिकरणले कर्मचारीहरुलाई गलत मनसायले कारबाही गरिएको भन्दै दूरसञ्चार प्राधिकरणको कर्मचारी यूनियनले गंभिर ध्यानाकर्षण भएको र कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो।

सो विषयमा प्राधिकरणले कर्मचारीहरुलाई स्पष्टिकरणको पत्र फिर्ता भएको जानकारी गराएको छ।

टेक्नोलोजीखबरले प्राप्त गरेको फागुन १० गतेको पछिल्लो पत्रमा फागुन ९ गतेको पत्रमार्फत कर्मचारीहरुलाई स्पष्ट पार्न भनिएकोमा सो पत्र अभिलेख नरहने गरी फिर्ता भएको उल्लेख छ।

कर्मचारीहरुलाई पठाईएको यसअघिको स्पष्टिकरणको पत्र फिर्ता भएको यूनियनका अध्यक्ष विजय कुमार राय यादवले जानकारी दिए।

“हामीले पत्र फिर्ता लिनुपर्ने भनेका थियौं, सो पत्र फिर्ता भएको छ र अन्य मागका विषयमा हामी वार्तामा छौं,” यूनियनका अध्यक्ष यादवले भने।

मागअनुसार स्पष्टिकरणको पत्र फिर्ता भएसँगै वार्ताको लागि छलफलमा रहेको उनले बताए।

“अन्य विषयहरुका बारेमा हामी अध्यक्ष ज्यूसँग आज वार्ताको चरणमा छौं र छलफल गर्नेछौं,” उनले भने।

यसअघि प्राधिकरण व्यवस्थापनले अनावश्यकरुपमा कर्मचारीहरुलाई कारबाही गरेको भन्दै यूनियनले विज्ञप्ति जारी गरेर कडा आन्दोलनमा जाने तथा आउँदो वार्षिकोत्सवका कार्यक्रमहरुमा सहभागी नहुने चेतावनी दिएको थियो।

पत्र फिर्ता भएसँगै अब आउँदो वार्षिकोत्सवका कार्यक्रमहरुमा समेत सहभागी भएर सफल बनाउने यूनियनले जनाएको छ।

हेर्नुस् सम्बन्धित समाचार-

गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार