पिक्सेल ६ तथा ६ प्रोमा रहेको वाइफाइ बग समाधान, फिक्स भने मार्च अपडेटसँगै आउने

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
पिक्सेल ६ तथा ६ प्रोमा रहेको वाइफाइ बग समाधान, फिक्स भने मार्च अपडेटसँगै आउने

काठमाडौं ।

गुगलको पिक्सेल ६ यूजरले छिट्टै वाइफाइ समस्याको समाधानको अपडेट पाउने भएका छन्।

यो समस्याले केही समययता गुगलका पछिल्ला स्मार्टफोनहरुलाई असर पारिरहेको कम्पनीले बताएको छ।

ग्याजेट्स३६० का अनुसार यूजरहरुले २०२२ फेब्रुअरीको मासिक अपडेट वा फोन र नेटवर्क रिसेट गरेपछि वाइफाइ कनेक्टिभिटीको समस्या भोग्दै आएका थिए।

गुगलले भने यो समस्याद्वारा थोरै यूजर प्रभावित भएको बताउँदै उनीहरुले यसको समाधानका लागि मार्चको अपडेटसम्म कुर्नुपर्ने जानकारी दिएको छ।

गुगलले हालै रेडिटमा आफ्नो पिक्सेल ६ डिभाइसमा लगातार वाइफाइ अफ भएको भन्दै फेब्रुअरी ८ मा गरेको पोस्टमा एक यूजरलाई जवाफ दिँदै यस्तो बताएको हो।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार