आउडीको सन् २०२४ मा आउने गाडीका सबै मोडलहरुमा फाइभजी कनेक्सन हुने

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं ।

फाइभजी सेवाहरुको शुरुवातसँगै ५जीयुक्त कारहरूको नयाँ लहर शुरु भएको छ। आउडीले भविष्यका कारहरूको चुनिएका मोडेलहरूमा ५जी कनेक्सन उपलब्ध गराउने घोषणा गर्ने नवीनतम अटोमेकर भएको छ।

जर्मन निर्माताले सोमबार सन् २०२४ मा लन्च हुने आउडी सवारीका सिमित मोडेलहरू भेरिजनको ५जी अल्ट्रावाइडब्यान्ड नेटवर्कमा कनेक्ट हुन सक्षम हुने जानकारी दिएको छ।

नयाँ आउडी ५जी लाइनअपका ड्राइभरहरूले धेरै नयाँ सुविधाहरूको अपेक्षा गर्न सक्छन्, जसमा डाउनलोड गर्न वा मनोरञ्जन स्ट्रिम गर्न उच्च गति, थ्रीडी म्यापिङको साथमा सुधारिएको इन-कार नेभिगेसन प्रणाली, क्लाउडमा आधारित प्रयोगकर्ता-प्रोफाइलहरू र आफ्नो कारबाटै विभिन्न चीजहरू किन्न सक्ने क्षमतासम्म हुनसक्नेछ।

तर यसमा चालकहरूले सम्भवतः आउडीको फाइभजी इन-कार सर्भिसेज पहुँच गर्न सदस्यता तिर्न आवश्यक हुनेछ। जबकि आउडीले फाइभजी सदस्यताको लागत कति लाग्नेछ भनेर खुलासा गरेन्। हाल फोरजी एलटीई इन-कार वाइफाइ र नेभिगेसनको साथ हालको फंग्सन अन-डिमांड योजनाका लागि प्रति वर्ष ८४९ अमेरिकी डलर तोकिएको छ।

नयाँ फाइभजी आउडी सवारी साधनहरू ट्राफिक लाइटहरू र कम-लेटेन्सी सडक अलर्टहरू लगायत कारमा जडान गरिएका हालका सेवाहरूमा आधारित रहेर निर्माण गर्नेछ। यसको अर्थ आउडीको फोरजी इनेबल कारहरूले पहिले नै प्रस्ताव गरेका कुराहरूको अझ छिटो र विस्तृत संस्करण हो। हालको आउडी मोडेलहरूले टोल सडकहरूको लागि एकीकृत भुक्तानी प्रस्ताव गर्दछ र चालकहरूलाई स्कूल बस, साइकल चालक र अन्य अवरोधहरू नजिक हुँदा सचेत गराउँदछ।

आउडीका ५जी कारहरू मोबाइल एज कम्प्युटिङले पनि सुसज्जित हुनेछन्, जसको अर्थ राम्रो अटोनोमस ड्राइभिङ सुविधाहरू हुन सक्छ। एज कम्प्युटिङले वास्तविक समयमा डाटा प्रोसेसिङको लागि अनुमति दिनेछ, त्यसैले कारहरूले सडकमा अन्य कारहरू, पूर्वाधारहरू, र कनेक्टेड डिभाइसहरूमा छिटो प्रतिक्रिया दिन सक्छन्।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया