सोनी एक्सपेरिया ५ आईभीमा स्न्यापड्रागन ८ जेन १ चिप रहन सक्ने

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं ।

सोनीको आउँदै गरेको एक्सपेरिया ५ आईभीमा टीएसएमसीले निर्माण गरेको स्न्यापड्रागन ८ जेन १ चिपसेट रहने अपेक्षा गरिएको छ।

यसमा प्रयोग हुने चिप भने क्वालकमका लागि टीएसएमसीले बनाउने बुझिएको छ। यसअघि उक्त चिप क्वालकमका लागि सामसङले निर्माण गर्ने गर्थ्यो।

यस हिसाबले यो डिभाइस टीएसएमसीले ८ जेन १ चिप निर्माण गरिसकेपछि आउने भएकाले अपेक्षा गरेभन्दा केही ढिला हुन सक्ने आकलन गरिएको छ।

हालै एक वेबो यूजरले एक्सपेरिया ५ आईभीमा ६.१ इन्चको स्क्रीन तथा यसअघि एक्पेरिया १ आईआई मा प्रयोग भएको १२ मेगापिक्सेलको आईएमएक्स५५७ क्यामरा सेन्सर रहने उल्लेख गरेका छन्।

यसको साइज १/१.७ इन्चको तथा १.८ माइक्रोमिटरको पिक्सेल रहने भएकाले हाल बजारमा उपलब्ध फोनहरुभन्दा ठूलो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको मूल्य ५ हजार चिनियाँ यूआनबाट शुरु हुने बताइएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया