यूक्रेनको आग्रहमा ईयूले यूरोपमा परिचालन गर्यो साइबर र्यापिड-रेस्पोन्स टिम

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
यूक्रेनको आग्रहमा ईयूले यूरोपमा परिचालन गर्यो साइबर र्यापिड-रेस्पोन्स टिम
फाइल तस्बिर

काठमाडौं ।

यूक्रेनले सहयोग मागेपछि यूरोपभरी नै एउटा साइबर र्यापिड रेस्पोन्स टिम विकास गरिने भएको छ।

यो नया विकास गरिएको ८ देखि १२ जनाको टिममा लिथुआनिया, क्रोयशिया, पोल्याण्ड, इस्टोनिया, रोमानिया तथा नेदरल्याण्ड्सका विज्ञहरुको उपस्थिति रहेको छ। यो टिम यूक्रेनमा अनलाइन तथा अनसाइट हिसाबले हुनसक्ने साइबर हमलालाई रोक्न प्रतिबद्धता जनाएको छ।

एक अधिकारीले यूक्रेनमा साइबर हमला हुन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ।

‘रुसको हतियारको महत्वपूर्ण अंग साइबर क्षेत्र पनि भएको हाम्रो ठम्याई छ’,सीआरआरटीका अधिकारीले भने।

लिथुआनियाको रक्षा मन्त्रालयले ट्वीट गरेको छ, ‘यूक्रेनको आग्रहको जवाफमा हामी लिथुआनियाका विज्ञको नेतृत्वमा साइबर र्यापिड रेस्पोन्स टिम अडा गरेका छो जसले यूक्रेनका संस्थाहरुलाई बढ्दो साइबर हमलाको सामना गर्न सघाउनेछ। #स्ट्याण्डविथयूक्रेन’

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...