सात महिनामा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढीका ल्यापटप र नोटबुक आयात

Technology Khabar ११ फाल्गुन २०७८, बुधबार

सात महिनामा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढीका ल्यापटप र नोटबुक आयात
सांकेतिक तस्बिर

काठमाडौं ।

-साजन सुवेदी

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालमा ७ अर्ब ८० करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएका छन्।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ७ अर्ब ८० करोड  ३ लाख ६५ हजार रुपैयाँ बराबरका जम्मा १ लाख ३१ हजार ७६२ थान ल्यापटप तथा नोटबुकहरु आयात भएका पाइएको छ।

उक्त परिमाणका ल्यापटप तथा नोटबुकहरु विश्वका विभिन्न ३९ देशबाट आयात भएका तथ्याङ्कमा उल्लेख छ।

तथ्याङ्कअनुसार २०७८ मंसिर मसान्तसम्म १ लाख ११ हजार १६६ तथा पुस  मसान्तसम्म कुल १ लाख  २२ हजार १२२ थान पुगेको ल्यापटप तथा नोटबुक आयातको आँकडा माघ मसान्तसम्म आइपुग्दा ९ हजार ६४० ले बढेको पाइएको छ।

सबैभन्दा धेरै १ लाख २६ हजार १४९ थान चीनबाट आयात

यो आर्थिक वर्षको माघ मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् १ लाख २६ हजार १४९ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएका पाइएको छ।

उक्त परिमाणको ल्यापटप तथा नोटबुक आयातका लागि देशबाट ७ अर्ब ४३ लाख ४० लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ।

यसपछि मलेसियाबाट २१ करोड २६ लाख ७४ हजार रुपैयाँ बराबरको ३, २१७ थान, भियतनामबाट ३१ लाख ६६ हजार बराबरको १४ थान आयात भएका छन्।

यस्तै सिंगापुरबाट ५ करोड १६ लाख ७४ हजार बराबरको ८ सय थान, अमेरिकाबाट ३ करोड ७३ लाख ३७ हजार बराबरको ५७१ थान, जापानबाट १ करोड ३२ लाख ४२ हजार बराबरको १६५ थान, यूएईबाट ९७ लाख ९० हजार बराबरको १२९ थान यस्ता डिभाइस आयात भएका छन्।

यसैगरी थाइल्याण्डबाट ५५०९ बराबरको ११५ थान, कोरियाबाट ५६६६ बराबरको १११ थान, ताइवानबाट ६५६५ बराबरको १०९ थान तथा क्यानडाबाट ६७ लाख ५१ हजार रुपैयाँ बराबरको १०४ थान र भारतबाट ४० लाख २५ हजार बराबरका ५६ थान ल्यापटप तथा नोटबुक आयात भएका देखिएको छ।

यसैगरी फिलिपिन्सबाट २० लाख ४० हजार बराबरको ३३ थान,  कोरियाबाट ५६ लाख ६६ हजार बराबरको १११ थान, अस्ट्रेलियाबाट २३ लाख ५ हजार बराबरको ४५ थान तथा बेलायतबाट १४ ७५ बराबरको २५ थान आयात भएका तथ्याङ्क छ।

यी देशहरु बाहेक अन्य २५ देशहरुबाट पनि फुटकर रुपमा ल्यापटप तथा नोटबुक डिभाइस आयात भएका छन्।

फुटकर रुपमा आएका यस्ता ल्यापटप तथा नोटबुक डिभाइसका मूल्य र २ हजारदेखि ५ लाख ६३ हजारसम्म तथा सङ्ख्या भने १ देखि २० थानसम्म रहेका प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया