
काठमाडौं ।
भर्जिन हाइपरलूपले आफ्नो प्राथमिकता यात्रुबाट अब फ्रेट अर्थात् कार्गोमा सरेको छ।
यसरी प्राथमिकता परिवर्तन भएपछि कम्पनीले आफ्ना आधा कर्मचारी कटोती गरेको छ।
भर्जिन हाइपरलूपले द फाइनान्सियल टाइम्सलाई आफूहरुले १११ ओटा रोजगारी कटोती गरेको बताएको द भर्जल् उल्लेख गरेको छ।
कम्पनीले यस प्रकारको कटोती होला भन्ने आफूहरुले नसोचेको पनि बताएको छ।
अमेरिकी कम्पनी भर्जिन हाइपरलूप हावा नछिर्ने ट्युबमा राखेर रेलहरुमा कम इन्धन लाग्ने शताब्दिऔं अगाडिको प्रविधि विकास गरिरहेको अग्रणी कम्पनी हो।
उक्त अवधारणाका बारेमा सन् २०१३ मा इलन मस्कले एउटा श्वेतपत्र प्रकाशित गर्दै ब्युँताएका थिए।
त्यसमा उनले बुलेट ट्रेनमा प्रयोग भएको चुम्बकीय शक्तिद्वारा तैरने प्रविधिको प्रयोग गर्दै करेन्ट ब्रान्डिङ प्रदान गरेका थिए।
शुरुमा ‘हाइपरलूप वन’ का नामले चिनिने भर्जिन हाइपरलूपले मानव सहितको पहिलो परीक्षण सञ्चालनलगायतका महत्वपूर्ण कोशेढुंगा पार गरिसकेको छ।
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार