इन्स्टाग्रामले बढायो प्रयोगको न्यूनतम दैनिक समय सीमा

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
इन्स्टाग्रामले बढायो प्रयोगको न्यूनतम दैनिक समय सीमा

काठमाडौं ।

मेटा अन्तर्गतको इन्स्टाग्रामले दैनिक प्रयोगको न्यूनतम समय १० र १५ मिनेटबाट बढाएर ३० मिनेट पुर्याएको छ।

केही वर्ष अघिसम्म इन्स्टाग्राम तथा फेसबुकले प्रतिदिन आफ्ना सेवा कति समय प्रयोग गर्न मिल्ने भन्ने फिचर ल्याएको थियो। यसै फिचरमा रहेको समयसीमा अब ३० मिनेटसम्म थपिएको हो।

एक इन्स्टाग्राम प्रयोगकर्ताले टेक क्रन्चलाई बताए अनुसार उक्त एपले सबैलाई उनीहरुको दैनिक समय सीमाको नयाँ आँकडा सेट गर्न आग्रह गरेको इन्ग्याजेटले उल्लेख गरेको छ।

‘दैनिक समयसीमा एपको अपडेटपछि बढ्नेछ’, प्लेटफर्मको पप-अपमा उल्लेख छ।

इन्स्टाग्राम एपमा अहिले न्यूनतम ३० मिनेटसम्म दैनिक समयसीमा बढाएकाले इन्ग्याजेटले यसको उद्देश्यबारे कम्पनीलाई सोधेको उल्लेख गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार