बोसले चिप उत्पादन फ्याक्ट्रीमा थप २५ करोड यूरो लगानी गर्ने

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
बोसले चिप उत्पादन फ्याक्ट्रीमा थप २५ करोड यूरो लगानी गर्ने

काठमाडौं ।

जर्मन इन्जिनीयरिङ कम्पनी बोसले जर्मनीमा रहेको चिप उत्पादन गर्ने आफ्नो र्युटलिन्जेन प्लाण्टको क्षमता अभिवृद्धिका लागि २५ करोड यूरो लगानी गर्ने भएको छ।

उक्त फ्याक्ट्रीमा कम्पनीले यसअघि गत वर्ष २०२२ का लागि छुट्याएको ४० मध्ये पहिले ५ करोड यूरो लगानी गरिसकेको छ।

उक्त समग्र ४० करोड डलर कम्पनीले गत वर्ष सन् २०२२ मा र्युट्लिन्जेन र ड्रेस्डेन तथा मलेसियाको पेनाङ मा रहेका फ्याक्ट्रीमा खर्च गर्नेगरी छुट्याएको थियो।

उक्त बजेटको सबैभन्दा ठूलो हिस्सा अर्थात् १ अर्ब यूरो कम्पनीले आफ्नो ड्रेस्डेनमा रहेको र कम्पनीले गत जुनमा उद्घाटन गरेको ३०० मिमि वेफर उत्पादन गर्न सक्ने फ्याक्ट्रीको विस्तारका लागि छुट्याएको थियो।

र्युट्लिन्जेनमा रहेको थप फ्याक्ट्री आगामी २०२५ बाट सञ्चालनमा आउने बोसलाई उल्लेख गर्दै रोयटर्सल् जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

भारत–मलेसिया सेमिकन्डक्टर सहकार्य विस्तार

  • Technology Khabar
  • १० फाल्गुन २०७८, मंगलवार