
काठमाडौं ।
अमेरिकी टेक जायन्टहरुले ईयूको नियम उल्लङ्घन गरेमा कुनै पनि यूजरले उनीहरुमाथि ईयूकै नियमअनुसार मुद्दा हाल्न पाउनुपर्ने माग गरिएकोछ।
प्राइभेसी इन्टरनेशनल, प्यान-यूरोपियन उभोक्ता समूह बीईयूसी तथा अन्य थुप्रै संस्थाहरुले मंगलबार यस्तो माग गरेका हुन्।
३१ समूह तथा संस्थाहरुको यो गठबन्धन गत वर्ष कानूनमा परिणत हुनुअघि ईयूको प्रतिस्पर्धाविरोधी संस्थाका प्रमुख मार्ग्रेथ भेस्टागरले प्रस्ताव गरेको डिजिटल मार्केट्स एक्टको अन्तिम बुँदाहरुका बारेमा ईयूका विधायक तथा देशहरुले छलफल थालेपछि गठन भएको थियो।
उक्त मस्योदामा गुगल, एप्पल, माइक्रोसफ्ट तथा अमेजनलाई लक्षित गरी अनलाइन निगरानीकर्ताहरुले गर्नुपर्ने र गर्न नहुने कुराहरुको सूची राखिएको थियो।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार