
काठमाडौं ।
सन् २०२१ मा वैश्विक स्मार्टफोन बजारमा एप्लले नै शीर्षस्थानमा निरन्तरता पाएको छ।
हालै स्ट्राटेजी एनालिटिक्सले जारी गरेको सन् २०२१ को चोथो त्रैमासको रिपोर्ट अनुसार वैश्विक स्मार्टफोन उद्योगको समग्र आम्दानी तथा औसत बिक्री मूल्य क्रमश: ६ तथा ९ प्रतिशतले बढेको पाइएको छ।
यसबाहेक २०२१ मा स्मार्टफोनको समग्र आम्दानी तथा औसत बिक्री मूल्य पनि क्रमश: १५ र १० प्रतिशतले बढ्ने पनि गिजचाइनाले उल्लेख गरेको छ।
ब्राण्डका हिसाबले एप्पलले गत वर्ष सर्वाधिक आम्दानी गर्ने कम्पनीको शीर्ष स्थान ओगटेको छ। यो सूचीमा सामसङ दोस्रो, शाओमी, ओपो तथा भिभो तेस्रो, चोथो र पाँचो नम्बरमा रहेका छन्।
यसैगरी अनर छैटो नम्बरमा, रियलमी सातो, लेनोभो-मोटोरोला आठै तथा ह्वावे र ट्रान्सन क्रमश: नवो र दशो स्थानमा रहेका रिपोर्टमा उल्लेख छ।
रिपोर्ट अनुसार एप्पल १ हजार डलरभन्दा माथिको सर्वाधिक स्मार्टफोन उत्पादकको पनि शीर्षस्थानमा नै परेको छ।
शिपमेन्टका हिसाबले चोथो त्रैमासमा एप्पल २२ प्रतिशत हिस्सा ओगट्दै प्रथम स्थानमा रहेको छ भने सामसङ, शाओमी, ओपो र भिभो त्यसपछि रहेका छन्।
२०२१ भरीको शिपमेन्टका आधारमा भने सामसङ शीर्षस्थानमा रहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार