चीनको ट्याब्लेट शिपमेन्टमा २०१६ यताकै कीर्तिमानी वृद्धि: आईडीसी

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
चीनको ट्याब्लेट शिपमेन्टमा २०१६ यताकै कीर्तिमानी वृद्धि: आईडीसी

काठमाडौं ।

चीनको ट्याब्लेट कम्प्युटर शिपमेन्ट सन् २०२१ मा वार्षिक हिसाबले २१.८ प्रतिशतले वृद्धि भएको छ।

यो आँकडा ७ वर्ष यताकै कीर्तिमानी वृद्धि रहेको उद्योगसम्बन्धी एउटा रिपोर्टमा उल्लेख गरिएको छ। चीनको ट्याब्लेट कम्प्युटर शिपमेन्ट सन् २०२१ मा वार्षिक हिसाबले २१.८ प्रतिशतले वृद्धि भएको छ।

यो आँकडा ७ वर्ष यताकै कीर्तिमानी वृद्धि रहेको उद्योगसम्बन्धी एउटा रिपोर्टमा उल्लेख गरिएको छ।

वैश्विक बजार अनुसन्धान संस्था इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)ले जारी गरेको उक्त रिपोर्टमा ट्याब्लेट कम्प्युटरको समग्र शिपमेन्ट २ करोड ८४ लाख ६० हजार पुगेको थियो।

गत वर्षको चोथो त्रैमासमा चीनको ट्याब्लेट शिपमेन्ट वार्षिक हिसाबले २०.९ प्रतिशतले बढेर ७४ लाख २० हजार थान पुगेको चाइनाडेलीले उल्लेख गरेको छ।

आईडीसीको तथ्याङ्कले ग्लोबल ट्याब्लेट निर्माताले २०२१ मा १६ करोड ८० लाख थान ट्याब्लेट शिपमेन्ट गरेको र यो आँकडा २०१६ देखियताको कीर्तिमानी रहेको समाचारमा उल्लेख छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार