मतदाता नामावलीमा त्रुटी भए इमेल वा फ्याक्सबाट सच्याउन निवेदन दिन सकिने

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
मतदाता नामावलीमा त्रुटी भए इमेल वा फ्याक्सबाट सच्याउन निवेदन दिन सकिने

काठमाडौं ।

स्थानीय चुनावमा मतदान गर्नका लागि आवश्यक पर्ने मतदाता नामावलीमा कुनै त्रुटी भए इमेल वा फ्याक्स पठाएर पनि गर्न सकिने भएको छ।

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल र फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ।

आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब भौतिक रुपमा उपस्थित नभएपनि हुने जनाएको हो।

आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल र फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ।

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गरेको छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...