
काठमाडौं ।
हाइसेन्सले डाइमेन्सिटी ८१० चिपसेटयुक्त नयाँ इन्फिनिटी एच६० फाइभजी स्मार्टफोनको घोषणा गरेको छ।
यो डिभाइसमा ६.६ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले, इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर तथा अगाडिपट्टि गोरिल्ला ग्लास ५ प्रोटेक्शन राखिनेछ।
पछाडिपट्टि क्याप्सुल आकारको १६ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअप राखिएको छ।
पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहेको छ। ६४ मेगापिक्सेलको मुख्य क्यामराले १०८ मेगापिक्सेल गुणस्तरको फोटो खिच्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसको पछाडिपट्टिको भाग फउक्स लेदरको बनाइएकाले समाउन सजिलो हुने र धेरै समय टिक्ने बुझिएको छ।
यो डिभाइसमा ४२०० एमएएच क्षमताको ३० वाट फास्ट चार्जिङ फिचरसहितको ब्याट्री रहेको छ। यसबाहेक यसमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ। यसको मूल्य तथा उपलब्धताबारे कुनै जानकारी उपलब्ध छैन।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार