टिकटकबाट जुट्यो सहयोग

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
टिकटकबाट जुट्यो सहयोग

काठमाडौं ।

अपाङ्गता भएका स्याङ्जाको वालिङ–९, पीपलटारीस्थित लीला राउत क्षेत्रीको परिवारलाई मानव सहायता समूह काठमाडौँले एक लाख १० हजार रुपियाँ हस्तान्तरण गरेको छ।

समूहमार्फत देश तथा विदेशमा रहेका टिकटक प्रयोगकर्ता नेपालीबाट सङ्कलन भएको उक्त रकम घरमै पुगेर हस्तान्तरण गरिएको हो।

मानव सहायता समूह नेपालमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताहरूबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले जानकारी दिए।

“सामाजिक सञ्जालको दुरुपयोग भइरहेका बेला यसलाई मानव सेवाका क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ भन्ने पवित्र भावनासहित अगाडि बढेका थियौँ, सफल पनि भयौँ’, अध्यक्ष तिमिल्सिनाले भने।

आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता भएको आमा लीला राउत क्षेत्रीले बताईन्। गोरखापत्र

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार