Technology Khabar १० फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
सन् २०२१ मा चीनको बजारमा ३८.३५ मिलियन टिभीहरू बिक्री भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशतले घटेको छ। चीनमा आधारित अल भ्यू क्लाउड(एभीसी) का अनुसार यो बिक्री दर २०१० यताकै न्यून वार्षिक स्तर भएको डीजीटाइम्सले जनाएको छ।
विश्वव्यापी अभावका कारण टिभीमा प्रयोग गर्ने एलसीडी प्यानलहरूको मूल्य २०२० देखि २०२१ को मध्यसम्म बढ्दै गएको छ। “यसले टिभी बिक्रेताहरूलाई एलसीडी टिभीको खुद्रा मूल्य बढाउन बाध्य तुल्यायो र फलस्वरूप, चीनको बजारमा माग उल्लेखनीय रूपमा घट्यो,” एभीसीले भन्यो।
टिभीमा प्रयोग हुने एलसीडी प्यानलहरूको मूल्य जुलाई २०२१ मा पुन फिर्ता आयो र त्यसपछि लगातार घट्दै गएको छ। एभीसीले उल्लेख गरेअनुसार यसले एलसीडी टिभी विक्रेताहरूलाई खुद्रा मूल्यहरू कम गर्न धकेल्दै छ।
फलस्वरूप, २०२२ को नयाँ वर्षको समयमा डिसेम्बर २०, २०२१ देखि जनवरी ९, २०२२ सम्मको अवधिमा चीनको बजारमा ९.५ अर्ब चिनियाँ यूआन बराबरकाका २.७९ मिलियन टिभीहरू बिक्री भएको थियो, जुन वर्षको तुलनामा ४.१ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
एभिसीको प्रक्षेपणअनुसार २०२२ मा चीनको बजारमा ४०.४६ मिलियन टिभी बिक्री हुनेछ, जुन वार्षिक तुलनामा ५.५ प्रतिशतले बढ्दै गएको हुनेछ।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार